खेल


मेस्सीको टिप्पणीमा दक्षिण अमेरिकी फुटबल संगठनको कडा जवाफ

मेस्सीको टिप्पणीमा दक्षिण अमेरिकी फुटबल संगठनको कडा जवाफ

नेपालखबर
असार २२, २०७६ आइतबार १२:१०,

आइतबार बिहान कोपा अमेरिकामा अर्जेन्टिना र चिलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको थियो। खेलको ३७ औं मिनेटमा मेस्सीले रातो कार्ड पाएका थिए। मेस्सीका अनुसार त्यो रेडकार्ड उनका लागि जायज थिएन।

अर्जेन्टिनाले चिलीलाई पराजित गर्दै तेस्रो स्थान हात पनि पार्यो। तर मेस्सीले तेस्रो स्थानको मेडल लिन मानेनन्। उनले खेल सकिनासाथ रेफ्री र कोनमेबोलविरुद्ध टिप्पणी गरे।

मेस्सीले भने,‘मलाई लाग्छ हामीले भ्रष्टाचारी प्रतियोगितामा भाग लिनु हुन्न। यस प्रतियोगितामा हामीलाई आदर गरिएन।’

‘मलाई लाग्छ यो प्रतियोगिताको उपाधि कुनै सन्देह बिना ब्राजिललाई हस्तान्तरण गर्न खोजिएको छ।’ उनले भने,‘फाइलन खेलमा भिडियो असिसटेन्ट रेफ्री र रेफ्रीको कुनै काम हुनेछैन।’

मेस्सीले केही दिन अगाडि पनि रेफ्रीको आलोचना गरेका थिए। ब्राजिलसँगको खेलमा अर्जेन्टिना २–० ले पराजित भएको थियो। उक्त खेलमा अर्जेन्टिनाले स्पष्ट २ वटा पेनाल्टी पाउनुपर्ने मेस्सीको भनाइ थियो।

उनले त्यसबेला भिएआरको प्रयोग नभएको र रेफ्रीले सुरुवातदेखि ब्राजिललको पक्षमा खेलको निर्णय गरेको आरोप लगाएका थिए।

Image result for messi vs referee redcard

मेस्सीको आरोपसँगै दक्षिण अमेरिकी फुटबल संगठन कोनमेबोलले कडा प्रतिक्रिया जनाएको छ।
‘फुटबलमा कहिले हार र कहिले जित हुन्छ। तर फुटबलको आधारभूत सिद्धान्त भनेको खेलको नतिजालाई वफादारी र आदरका साथ मान्नु हो।’ कोनमेबोलले एक विज्ञप्तीमा भनेको छ,‘रेफ्रीको हकमा पनि त्यही हो। उनीहरु मानव हुन् कमजोरी सुधारिँदै जान्छ।’

बीबीसीले काेनमेबाेललाई उदृतगर्दै मेस्सीको टिप्पणीले कोपा अमेरिकामा भाग लिएका अन्य टोलीको गुण र सामथ्र्यमा ठेस पुगेको जनाएको छ। ‘यो अस्वीकार्य छ। हामीमाथि प्रश्न चिन्ह् खडा भएका छन्। यसले दक्षिण अमेरिकी फुटबल संगठनको एकतालाई भंग गर्नेछ।’ कोनमेबोलले भनेको छ।

कोपा अमेरिका फाइनलमा आइतबार राति पौने २ बजे आयोजक ब्राजिल र पेरुबीच उपाधि भिडन्त हुँदैछ। फाइनल अगाडि मेस्सी र कोनमेबोलबीचको विवाद उत्कर्षमा पुगेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad