चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५ दशमलव ९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ।
चीनको बैंकिङ तथा बीमा नियमक आयोग (सीबीआईआरसी० का अधिकारी याङ लिपिङले भने, ‘चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१ दशमलव ४८ प्रतिशत देखिएको छ।’
अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय (खासगरी साना व्यवसाय, जसको भूमिका राज्यको अर्थतन्त्र वृद्धिमा सहयोगी रहने गर्छ) को ऋण वृद्धिदर पछिल्ला बर्षहरूमा बढेको छ। यद्यपि ऋण लिने क्रममा भने कमी आएको छ।
चीनले सन् २०१९ को पहिलो पाँच महिनाका लागि निजी कम्पनीबाट लिने ब्याजदर ५ दशमलव ९८ प्रतिशत रहेको थियो। यो सन् २०१८ को ब्याजदर भन्दा ० दशमलव ९२ प्रतिशतले कमी हो। यस वर्ष साना तथा अतिसाना व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको दर ६ दशमलव ८९ प्रतिशत कायम रहेको र यो अघिल्लो वर्षको तुुलनामा ० दशमलव ५ प्रतिशत अंकले कमी हो।
चीनले साना तथा मझौला व्यवसायको गुणात्मक प्रगतिका लागि प्रभावकारी वित्तीय सेवाहरूलाई सञ्चालन गरिरहेको केही समय पहिले सरकारद्वारा जारी गरेको ह्वाइट पेपरमा जारी चीनको वित्तीय नीतिमा उल्लेख गरिएको थियो। रासस÷सिन्ह्वा

प्रतिक्रिया