सरकारी लगानी रहेको राष्ट्रिय बिमा कम्पनीले सात वर्षअघिका साधारणसभाहरु एकैपटक गर्ने भएको छ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ र आव २०७६/७७ को साधारणसभा २०८२ असार २९ गते गर्ने भएको हो।
लामो समयदेखि साधारणसभा नगरी बसेको कम्पनीले सार्वजनिक कम्पनीमा रुपान्तरण भएसँगै धमाधम पुराना वर्षहरुको साधारणसभा सम्पन्न गर्दै आएको छ। सोहीअनुसार कम्पनीले असार २९ गते दुई आर्थिक वर्षको साधारणसभा गर्ने भएको हो।
७ वर्षअगाडिको नाफा नोक्सान तथा वार्षिक प्रतिवेदन पारित गर्ने कम्पनीको योजना छ। लामो समयदेखि लागानीकर्ताको पनि हात रित्तै पार्दै आएको यो कम्पनीले ७ वर्ष अघिका लगानीकर्ताको पनि हात रित्तै बनाउने निर्णय गरेको छ।
कम्पनीले साधारणसभामा लगानीकर्तालाई दिने लाभांशको प्रस्ताव नलग्ने निर्णय गरेको हो। कम्पनीले दुई वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र नाफा नोक्सानका वित्तीय विवरण पारित गर्ने मात्रै प्रस्ताव सभामा लैजाँदै छ।
कम्पनीले असार २९ गते आइतबार बिहान ११ बजे अनमोल क्याटरिङ सर्भिस प्रालि शंखमूलमा सभा आयोजना गरेको छ।
Shares

प्रतिक्रिया