खेल


‌वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्दै नेपाल

‘यो केवल एउटा अन्तर्राष्ट्रिय खेल मात्रै होइन’
‌वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्दै नेपाल

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १८:६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० शृंखला खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाली टिमले वेस्ट इन्डिजसँग तीन खेल खेल्ने जानकारी दिएको हो।

खेल युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट रंगशालामा आगामी सेप्टेम्बरमा हुनेछ।

तालिकाअनुसार नेपालले सेप्टेम्बर २७ मा पहिलो, २८ मा दोस्रो र ३० मा तेस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ। नेपाली क्रिकेटको इतिहासमा टेस्ट टोलीसँग हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० शृंखला हो। 

‘यो केवल एउटा अन्तर्राष्ट्रिय खेल मात्रै होइन’
यसैबीच, क्रिकेट वेस्ट इन्डिज (सीडब्लुआई)ले नेपालसँग ऐतिहासिक टी२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने घोषणामा खुसी व्यक्त गरेको छ। 

‘इतिहासकै पहिलो नेपाल–वेस्ट इन्डिज शृंखलाले क्रिकेट खेललाई हुर्काउन र विश्वव्यापी बनाउने मिसनमा कोशेढुंगा थपेको छ’, उसले भनेको छ। 

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा दुई देशले पहिलो शृंखला खेल्ने तय भएको हो। 

यसले नेपाललाई यही वर्षको अन्त्यमा हुने आईसीसी पुरुष टी२० विश्वकप एसिया छनोटका लागि महत्त्वपूर्ण मद्दत गर्ने सीडब्लुआईले उल्लेख गरेको छ। 

सीडब्लुआईले विश्वका उदाउँदा क्रिकेट टोलीलाई सघाउने बलियो प्रतिबद्धतास्वरुप यो खेल हुनलागेको उल्लेख गरेको छ। 

नेपालसँगको खेललाई सीडब्लुआईले एउटा अन्तर्राष्ट्रिय खेलभन्दा धेरै महत्त्वपूर्ण रहेको बताएको छ।

नेपालसँग खेल्न प्रतिस्पर्धी खेल टोली पठाउने बताउँदै सीडब्लुआईले यसलाई नेपालले पाउने एक्सपोजर भनेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad