युईएफए नेसन्स लिगको सेमिफाइनलमा बिहिबार राति फ्रान्स र स्पेन भिड्दैछन्।
बालोन डी ओरका दुई दाबेदार ओस्मान डेम्बेले र लामिन यामल नेसन्स लिगको सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।
यी दुवैले आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याउन अन्तिम आठमा गोल गरेका थिए।
यो खेलको विजेताले आइतबार पोर्चुगलसँग उपाधिका लागि भिड्नेछ। पहिलो सेमिफाइनलमा पोर्चुगलले जर्मनीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो।
जर्मनीले अब तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग खेल्नेछ।
264
Shares

प्रतिक्रिया