खेल


आरसीबीले आईपीएल उपाधि जित्दा पत्नी अँगाल्दै विराट कोहली रोएको भिडिओ भाइरल

आरसीबीले आईपीएल उपाधि जित्दा पत्नी अँगाल्दै विराट कोहली रोएको भिडिओ भाइरल

नेपालखबर
जेठ २१, २०८२ बुधबार १४:८, काठमाडौँ

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) १८ वर्षको प्रतीक्षापछि पहिलोपटक मंगलबार (जुन २) राति इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि-२०२५ जित्न सफल भयो। 

भारतको अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आईपीएल १८औँ संस्करणको फाइनल खेलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आरसीबी पहिलोपटक उपाधि चुमेको हो। 

यसअघि सन् २००९, २०११ र २०१६ मा पनि आईपीएलको फाइनल पुगेर पनि असफल आरसीबी चौथो प्रयासमा मंगलबार राति विजेता बन्न सफल भएपछिका केही तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छन्। 

तीमध्ये एउटा तस्बिर हो- आरसीबीका पूर्वकप्तान विराट कोहली आफ्नी पत्नी अनुष्का शर्मासँग अँगालो हाल्दै रोएको।

मंगलबार राति पन्जाबलाई पाखा लगाउँदै आरसीबी आईपीएलको फाइनलमा पहिलोपटक विजयी बन्दा विराट कोहलीका आखाँबाट खुसीको आँशु खस्यो। त्यसपछि उनी सिधै आफ्नी श्रीमती अनुष्काकहाँ गए र अँगालो मारेर रुन थाले।

अहिले यसका भिडिओ तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad