खेल


आईपीएलः पन्जाब ११ वर्षपछि फाइनलमा, उपाधिका लागि बैंग्लोरसँग भिड्ने

आईपीएलः पन्जाब ११ वर्षपछि फाइनलमा, उपाधिका लागि बैंग्लोरसँग भिड्ने

नेपालखबर
जेठ १९, २०८२ सोमबार ५:३३, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किग्स भिड्ने भएका छन्। 

आइतबार राति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो। 

पन्जाब सन् २०१४ पछि फाइनलमा पुगेको हो। पञ्जाव सन् २००८ र २०१४ को उपविजेता टोली हो। पञ्जावले अहिलेसम्म उपाधि जित्न सकेको छैन। 

पन्जाब पहिलो क्वालिफायरमा बैंग्लोरसँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेलेको हो। पाँच पटकको च्याम्पियन मुम्बइले भने एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको थियो। 

उपाधि भिडन्त भोलि मंगलबार अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। 

मुम्बईले दिएको २ सय ४ रनको लक्ष्य पन्जाबले ६ बल अगावै ५ विकेटको क्षतिमा भेटटयो। कप्तान श्रेयस ऐरले सर्वाधिक ८७ रनको अविजित पारी खेले। ४१ बलको सामना गरेका उनले ५ चौका र ८ छक्का प्रहार गरे। 

नेहाल वाडेराले ४८ रन बनाउँदा क्याच आउट भए। जोस इनलिसले ३८ र प्रियांश सिंहले २० रन थपे। 

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पन्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो। 

मुम्बईका लागि तिलक बर्मा र सुर्य कुमार यादवले समान ४४ रन थपे। जोनी बिष्ट्रोले ३८ रन बनाए। नमन धिरले ३७ रन थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad