ग्लोबल


वेस्ट बैंक प्रवेश अनुमति नदिएपछि इजरायललाई साउदीले भन्यो: ‘अतिवादी’

वेस्ट बैंक प्रवेश अनुमति नदिएपछि इजरायललाई साउदीले भन्यो: ‘अतिवादी’

नेपालखबर
जेठ १९, २०८२ सोमबार ५:३७, काठमाडौँ

इजरायलले वेस्ट बैंक (ठाउँको नाम) भ्रमण गर्ने योजना बनाएका चार अरब देशको संयुक्त प्रतिनिधिमण्डललाई उक्त क्षेत्र प्रवेशका लागि अनुमति दिन अस्वीकार गरेको छ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार, चार अरब देश- साउदी अरेबिया, जोर्डन, इजिप्ट र बहराइनले यसै साताको अन्त्यमा वेस्ट बैंकको भ्रमण गर्ने योजना बनाएका थिए।

एक इजरायली अधिकारीका अनुसार उक्त भ्रणमको उद्देश्य प्यालेस्टिनी राज्यको प्रवर्द्धनबारे छलफल गर्नु थियो।

तर इजरायलले उक्त भ्रमणका लागि अनुमति नदिएको हो।

यसपछि साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानले इजरायलको आलोचना गरेका छन्। 

उनले इजरायलको निर्णयलाई 'अतिवाद र शान्तिप्रतिको अस्वीकृति' भनेका छन्। 

वेस्ट बैंक इजरायलले कब्जा गरेको स्थान हो। 

वेस्ट बैंक इजरायल र प्यालेस्टिनबीच विवादको सबैभन्दा ठूलो कारण हो। १९६७ को तेस्रो अरब-इजरायल युद्धमा इजरायलले आफ्ना तीन छिमेकी मुलुक सिरिया, इजिप्ट र जोर्डनलाई हराएको थियो।

त्यसपछि इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसलेमको ठूलो हिस्सा कब्जा गर्दै यहुदी बस्ती बसाएको थियो। उक्त बस्तीलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत ‘अवैध’ भनिन्छ तर इजरायल त्यसलाई आफ्नै भूमि भएको दाबी गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad