खेल


आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै

आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै

नेपालखबर
जेठ १८, २०८२ आइतबार ६:२०, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज आइतबार पन्जाब किंग्स र मुम्बई इन्डियन्स भिड्दैछन्। 

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। 

यो खेलको विजेता उपाधिका लागि रोयल च्यालेन्जर्स बैग्लुरुसँग भिड्नेछ। उपाधि भिडन्त पर्सि मंगलबार राति हुनेछ। 

पराजित हुने टोली उपाधि दौडबाट बाहिरिनेछ। 

लिग चरणमा पञ्जावले अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो। मुम्बइ भने चौथो स्थानमा रहेर एलिमिनेटर खेल खेलेको थियो। 

पहिलो क्वालिफायरमा बैग्लुरुसँग ८ विकेटले पराजित भएको पञ्जावले दोस्रो क्वालिफायर खेल्न लागेको हो। 

फाइनल खेल्न दोस्रो मौका पाएको पञ्जाव आजको खेलमा मुम्बईविरुद्ध जित निकाल्दै फाइनल खेल्न चाहन्छ। 

उता एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएको मुम्बई पनि पञ्वावसँगको उपाधि भिडन्त पक्का गर्न चाहन्छ। 

लिग चरणको खेलमा पञ्जावले मुम्बईलाई ७ विकेटले हराएको थियो। दोस्रो क्वालिफायरमा पनि पञ्जाव सोही नतिजालाई निरन्तरता दिने योजनामा हुनेछ। 

पञ्जाव श्रेयस ऐरको कप्तानीमा मैदान उत्रनेछ। मुम्बईको कमानी हार्दिक पाण्ड्याले सम्हाल्नेछन्। 

पाँच पटकको च्याम्पियन मुम्बई छैटौँ पटक उपाधि नजिक पुग्न पञ्जावलाई हराउने रणनीतिमा हुनेछ।

मुम्बईले यसअघि सन् २०१३, २०१५,२०१७,२०१९ र २०२० मा आईपीएल उपाधि उचालेको थियो। छैटौँ पटक उपाधि दौडमा रहेको मुम्बइ अघिल्लो सिजन लिग चरणबाटै बाहिरिएको थियो। 

उता सन् २०१४ को उपविजेता पञ्जाव त्यसपछि पहिलो पटक उपाधि नजिक पुग्न चाहन्छ। पञ्जावले अहिलेसम्म आइपीएलको उपाधि जित्न सकेको छैन। 

सन् २००८ को सेमिफाइनलिस्ट र २०१४ को उपविजेता पञ्जाव यसअघि लिग चरणमा मात्र सिमित बन्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad