खेल


पीएम कप एनभीए भलिबल लिग: गण्डकीलाई पराजित गर्दै टिपटप हेल्प नेपालले उचाल्यो उपाधि

पीएम कप एनभीए भलिबल लिग: गण्डकीलाई पराजित गर्दै टिपटप हेल्प नेपालले उचाल्यो उपाधि

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १८:५७, काठमाडौँ

गण्डकी प्रदेशमाथि पुनरागमन जित निकाल्दै टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले पोखरामा सम्पन्न नवौँ पीएम कप एनभीए भलिबल लिगको पुरुषतर्फको उपाधि रक्षा गरेको छ। पोखरा रगंशालास्थित कभर्डहलमा बिहीबार सम्पन्न फाइनलमा गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि हात पारेको हो। 

सुरुवाती २ सेटमा पछि परेको हेल्प नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमन गरेको हो। हेल्प नेपालले गण्डकीलाई २०–२५, २५–२७, २५–२२, २५–१४ र १५–८ को जित दर्ता गरेको हो। आजै भएको महिलातर्फको फाइनलमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् एकेडेमीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले महिलातर्फको उपाधि रक्षा गरेको छ।

पुलिस क्लबले डायमण्डलाई ३–१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट भने २२–२५ ले डायमण्डलाई सुम्पियो। तर त्यसपछिका दुई सेटमा लगातार पुनरागमन गर्दै पुलिस क्लबले उपाधि उचालेको हो। प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसले २८–२६ को जित निकाल्यो। तर एकपक्षिय चौथो सेट पुलिसले २५–१४ ले सहजै जित हात पार्‍यो। 

आजै भएको महिलातर्फको तेस्रो स्थानको खेलमा एभरेष्ट भलिबल क्लबले विभागीय एपीएफ क्लबलाई ३–१ को सेटमा हराएको छ। लिगको दुवैतर्फका विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैंया पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad