खेल


थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा

थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १५:४१, काठमाडौँ

थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोलीको घोषणा गरेका हुन्।

प्रशिक्षक तामाङले साफ खेल्ने टोलीबाट चार खेलाडी परिवर्तन गरेका छन्।

थाइल्यान्डविरुद्धको खेलका लागि मनमाया दमाइले पहिलो पटक टोलीमा स्थान बनाउँदा सुस्मा तामाङ, सरस्वती हमाल, चन्द्रा भण्डारीले पुनरागमन गरेका छन्। यी तीन खेलाडीले वाफ महिला च्याम्पियनसिपमा नेपालका लागि डेब्यु गरेका थिए।

यसअघि घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिप खेल्ने टोलीबाट डिफेन्डर सजनी थोकरको स्थानमा मनमाया दमाइ आएकी छिन्।   

साफमा घाइते भएका डिफेन्डर हिरा कुमारी भुजेल र दीपा शाही मैदान बाहिर छन्। अमीषा कार्की भने आर्मीको आन्तरिक प्रशिक्षणमा व्यस्त छिन्।

नेपालले आगामी १६ गते र १९ गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ। थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि महिला टोली एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीमा जुट्नेछ।

एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समुह एफ मा रहेको छ। छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ। जुलाइ २ मा श्रीलंकासँग र जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ।

नेपाली टोलीः
गोलरक्षकः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः अमृता जैसी, गीता राना, बिमला बिक, पूजा राना, निशा थोकर, समिक्षा घिमिर, मनमाया दमाई
मिडफिल्डरः अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु,  सबिता राना मगर, सरस्वती हमाल, सुस्मा तामाङ
फरवार्डः सबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad