खेल


सम्झौता नवीकरणपछि राफिन्हाले भने: करियरको अन्त्य बार्सिलोनाबाटै गर्ने सपना छ

सम्झौता नवीकरणपछि राफिन्हाले भने: करियरको अन्त्य बार्सिलोनाबाटै गर्ने सपना छ

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १४:१७, काठमाडौँ

ब्राजिलियन विंगर राफिन्हाले आफ्नो करियरको अन्त्य बार्सिलोनाबाट नै गर्ने बताएका छन्। सन् २०२८ सम्म क्याटलान क्लब बार्सिलोनामा रहने नयाँ सम्झौता गरेपछि राफिन्हाले आफ्नो करियरको अन्त्यसम्म बार्सिलोनामा रहने सपना भनेका छन्। 

राफिन्हाले सन् २०२८ सम्मका लागि क्लबमा नै रहने सम्झौता गरेका छन। बार्सिलोनाका लागि यो सिजन ५६ खेल खेलेका राफिन्हाले ३४ गोल गर्दा २५ असिस्ट प्रदान गरेका छन्। बार्साले ला लिगा, कापा डेल रे र स्पेनिस सुपर कपको गरि ट्रेवल उपाधि जित्दा राफिन्हाको प्रर्दशन उत्कृष्ट रहेको थियो। 

सन् २०२७ सम्म सम्झौतामा रहेका राफिन्हाले १ वर्षको सम्झौता थपेका छन्। सम्झौता थप भएपछि उनले भने, यो मेरो लागि विशेष कुरा होर अर्को वर्ष बार्सिलोना परिवारको हिस्सा हुन पाउँदा मलाई धेरै खुसी लागेको छ। 

राफिन्हाले थपे, मैले मेरो परिवारलाई पहिला नै भनेको छु कि मेरो सपना मेरो करियरको अन्त्यसम्म यहाँ रहनेछु। २८ वर्षिय राफिन्हा सन् २०२२ मा लिड्स युनाइटेडबाट बार्सिलोना आएका थिए। दुई सिजन प्रिमियर लिगमा उनले १७ गोल गरेका थिए। 

क्लबका जोडिएपछि १३ लिग गोल मात्र गरे। बार्सिलोना आर्थिक रुपमा केही समस्यामा परेपछि राफिन्हालाई बेच्न बार्सिलोना तयार समेत भएको थियो। तर सन् २०२४-२५ को सिजनमा उत्कृष्ट प्रर्दशन गरेका राफिन्हाले १८ गोल गर्दै क्लबलाई ला लिगा उपाधि दिलाउन सहयोग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad