खेल


मनीषाको घातक बलिङमा जितका लागि नेपाललाई ११५ रनको लक्ष्य

मनीषाको घातक बलिङमा जितका लागि नेपाललाई ११५ रनको लक्ष्य

नेपालखबर
जेठ ५, २०८२ सोमबार १०:२४, काठमाडौँ

मनीषा उपाध्यायको घातक बलिङमा आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीमा यूएईविरुद्ध जितका लागि नेपालले १ सय १५ रनको सामान्य लक्ष्य पाएको छ। 

थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो। 

यूएईका लागि ओपनर तथा कप्तान इसा ओजाले सर्वाधिक ३९ रन बनाउँदै क्याच आउट भइन्। विकेटकिपर तिथा सतिस २१ रन बनाउँदै आउट भइन्। लावन्या केनी १२ रन बनाउँदै आउट भइन्। हिना होट्चान्दानीले २० रन थपिन्। 

नेपालका लागि मनीषा उपाध्यायले ४ विकेट लिइन्। उनले आफ्नो स्पेलमा मात्र २० रन दिइन्। 

कविता कुवँरले दुई विकेट लिइन्। कवितानले अन्तिम ओभरमा २ विकेट लिँदै यूएईलाई रोकेकी हुन्। राजमती ऐरीले एक विकेट आफ्नो नाममा गरिन्। 

यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले हारेको थियो।

आजको खेल जित्यो भने नेपाल सिधै ग्लोबल छनोटमा पुग्नेछ भने यूएई प्रतियोगिताबाटै बाहिरिनेछ। 

सुपर थ्रीको शीर्ष २ मा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। 

नेपाल समूह सी र यूएई समूह बीको शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुगेका हुन्। 

दोस्रो खेलमा नेपाल मंगलबार थाइल्यान्डविरुद्ध भिड्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad