आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीको पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ।
थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गर्ने भएको हो।
समूह चरणबाट शीर्ष २ मा रहने टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन्। सुपर थ्रीको शीर्ष २ मा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।
नेपाल समूह सी र यूएई समूह बीको शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुगेका हुन्।
दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध भोलि मंगलबार खेल्नेछ। थाइल्यान्ड समूह एको शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुगेको हो।
165
Shares

प्रतिक्रिया