सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको जहाज बीचबाटोबाटै काठमाडौँ फिर्ता आएको छ। जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको हो।
आज बिहान त्रिभुवन विमानस्थलबाट लुक्लाका उडान भरेको विमान बीचमै प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थलमै ल्यान्ड गरेको
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
‘समिटि एयरको जहाजका प्राविधिक समस्या देखिएपछि लुक्ला नपुगी काठमाडौँ फिर्ता आएको छ,’ शेर्पाले नेपालखबरसँग भने।
लुक्लामा अरु जहाज भने नियमित उडानकै क्रममा छन्।
‘त्यहाँको मौसम अहिले अनुकूल नै छ। समिट एयरको जहाजमा प्राविधि समस्यापछि काठमाडौँ फिर्ता आएको हो,’ उनले भने, ‘प्राविधिक जाँचपछि मात्रै उक्त जहाजले फेरि लुक्लाको लागि उडान भर्छ।’
१८ सिट क्षमताको जहाज यात्रु बोकेरै लुक्ला उडान भर्दै थियो। अहिले सगरमाथा अरोहणको समयमा भएकाले अधिकांस साना जहाजले लुक्लामा लक्षित उडान गरिरहेका छन्।
Shares

प्रतिक्रिया