खेल


लिग वानको अन्त्य गर्दै पीएसजीले उचाल्यो उपाधि

लिग वानको अन्त्य गर्दै पीएसजीले उचाल्यो उपाधि

नेपालखबर
जेठ ४, २०८२ आइतबार ६:३४, काठमाडौँ

गत अप्रिलमा नै ६ खेल अगावै उपाधि जितेको पेरिस सेन्ट जर्मेनलले अक्सेरमाथि पुनरागमन जित निकाल्दै लिग वान को अन्त्य गरेको छ। 

गत अप्रिलमै ६ खेल अगावै उपाधि जितेको पेरिस सेन्ट जर्मेनलले अक्सेरमाथि पुनरागमन जित निकाल्दै लिग वानको अन्त्य गरेको छ। 

शनिबार राति भएको खेलमा अक्सेरलाई ३–१ गोल अन्तरले हराउँदै पीएसजीले सिजनको अन्त्य गरेको हो। 

गत अप्रिल ५ मा एन्जर्सलाई हराउँदै ६ खेल अघि नै पीएसजीले लगातार चौथो पटक लिग १ को उपाधि जितेको थियो। 

खेलको पहिलो हाफमा नै १–० ले पछि परेको पिएसजीले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो। 

दोस्रो हाफमा ८ मिनेटको अन्तरमा पीएसजीले दुई गोल गर्दै सिजनको आफ्नो २६ औँ लिग जित दर्ता गरेको हो। 

खेलको ५९ औँ मिनेटमा ख्विचा क्वारत्स्खेलियाले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। 

६७ मिनेटमा मार्किन्होसले गोल गर्दै पिएजसीलाई अग्रता दिलाए। खेलको ८८ औँ मिनेटमा ख्विचाले गोल गर्दै पिएजसीको जित पक्का गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad