ग्लोबल


भारतका गृहमन्त्री शाहको दाबी: 'अपरेसन सिन्दूर'ले पाकिस्तानी मुख्यालय ध्वस्त पार्‍यो

भारतका गृहमन्त्री शाहको दाबी: 'अपरेसन सिन्दूर'ले पाकिस्तानी मुख्यालय ध्वस्त पार्‍यो

नेपालखबर
जेठ ४, २०८२ आइतबार ६:४६, काठमाडौँ

भारतका गृह तथा सहकारी मन्त्री अमित शाहले 'अपरेसन सिन्दूर'ले पाकिस्तानी मुख्यालयलाई ध्वस्त पारेको दाबी गरेका छन्। 

शनिबारदेखि गुजरातको भ्रमणमा रहेका उनले गान्धीनगरमा कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मोदीजी प्रधानमन्त्री बनेदेखि तीनवटा आक्रमण भएका छन् र मोदीजीले तीनैवटा आतंकवादी आक्रमणको उचित जवाफ दिएका छन्। उरीलाई सर्जिकल स्ट्राइकले ध्वस्त पारेको थियो, पुलवामालाई हवाई आक्रमणले ध्वस्त पारेको थियो भने अहिले पाकिस्तानी मुख्यालयलाई 'अपरेसन सिन्दूर' ले ध्वस्त पारेको छ।’

गृहमन्त्री शाहले भारतीय सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरेर १०० भन्दा बढी आतंककारीलाई मारेको दाबी गरे।

उनले भने, ‘हाम्रो सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरी ९ वटा आतंकवादी लुक्ने ठाउँ ध्वस्त पार्‍यो। साथै १०० भन्दा बढी आतंककारी मार्‍यो।’

पाकिस्तानले कच्छदेखि कश्मीरसम्म आक्रमण गर्ने दुस्साहस गरेको बताउँदै उनले त्यसलाई भारतीय सेनाले विफल पारेको जिकिर गरे। 

शाहले भने, ‘भारतमा एउटा पनि मिसाइल खसेको छैन। हाम्रो सेनाले पाकिस्तानी एयरबेस पनि ध्वस्त पार्‍यो। हाम्रो सेनाले पहलगाम आक्रमणको बदला लिँदै जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबाको मुख्यालयलाई उडाइदियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad