बार्सिलोना र एस्पानियोलबीचको खेल हेर्न पुगेका समर्थककोहरुको भिडमा कार ठोकिँदा १३ जना घाइते भएका छन्।
बिहीबार राति बार्सिलोनाले एस्पानियोललाई २–० ले हराउँदै ला लिगा उपाधि पक्का गरेको थियो।
बार्सिलोनाले उपाधि जितेको केही मिनेटमा प्रहरीले घटनाबारे रेफ्रिलाई जानकारी गराएका थिए। दुर्घटनापछि घटनास्थलमा १० वटा एम्बुलेन्स पठाइएको थियो।
घाइतेमध्ये चार जनालाई अस्पताल लगिएको छ। घाइते कसैको पनि अवस्था गम्भीर नभएको बार्सिलोनाको प्रहरीले जनाएको छ।
रिपोर्टका अनुसार गम्भीर चोट भनेको खुट्टा भाचिएको हो। प्रहरीले एक विज्ञप्ती जारी गर्दै घटनाले रगंशालाभित्र कुनै खतरा नभएको बताएको छ।
प्रहरीले गाडी चालकलाई प्रक्राउ गरिसकेको छ। सामाजिक सञ्जालहरुमा पोस्ट गरिएको भिडियोहरुमा स्टेडियमबाहिर केही डिब्बाहरुको बीचमा एक कार रोकिएको र समर्थकहरुले घरेको देखिएको थियो। त्यो भिडमा नै कार ठोक्किएको थियो।
स्थानीय अधिकारीका अनुसार एस्पानियोलका समर्थक टोलीका प्रशिक्षकलाई स्वागत गर्न भेला हुँदा घटना भएको हो।
Shares

प्रतिक्रिया