ग्लोबल


गाजामा इजरायलको आक्रमणबाट मारिनेको संख्या ११४ पुग्यो

गाजामा इजरायलको आक्रमणबाट मारिनेको संख्या ११४ पुग्यो

नेपालखबर
जेठ २, २०८२ शुक्रबार ८:१०, काठमाडौँ

बिहीबार मध्यरात गाजामा इजरायलले गरेको हवाई आक्रमणमा मारिनेको संख्या कम्तीमा ११४ पुगेको छ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो रिपोर्ट गरेका हुन्।

१० हप्तादेखि गाजामा राहत सामग्री लान प्रतिबन्ध लगाएको इजरायलले हवाई हमला पनि गरेको हो।

इजरायलले गाजामा पत्रकार प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ।

गाजाकी एक महिलाले बीबीसीलाई सन्देश पठाउँदै बच्चाहरू भोकले छटपटाइरहेको र उनीहरूका आमा उनीहरूलाई केही खुवाउन नसक्दा रोइरहेको बताइन्।

यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ।

इजरायल र हमासबी ७ अक्टोबर २०२३ देखि युद्ध जारी छ।

युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा धेरै हवाई आक्रमण गरेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा कम्तीमा ५२,८२९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad