खेल


साफ यू-१९ पुरुष च्याम्पियनसिप: नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश

साफ यू-१९ पुरुष च्याम्पियनसिप: नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ११:४५, काठमाडौँ

साफ यू–१९ पुरुष च्याम्पियनसिपमा नेपाली युवा टोली समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली आउटडोर स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपाली युवा टोली भारतसँग ४–० गोल अन्तरले पराजित भए पनि उपविजेता बनेकाे हाे।

नेपालमाथिको जित सँगै भारत समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ। समूह चरणको दुबै खेलमा जित निकालेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ।

एक खेलमा मात्र जित निकालेको नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ। नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशविरुद्ध खेल्नेछ। 

एक खेलमा जित र एक खेलमा अंक बाँडेको बंगलादेश ४ अंकसहित समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो। 

समूह बी को विजेता भारतले भने मालदिभ्सविरुद्ध खेल्नेछ। दुवै खेलमा अंक बाँडेको मालदिभ्स २ अंकसहित समूह उपविजेता बनेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad