कोरोना भाइरस महामारीका कारण युरोपका फुटबल खेल धमाधम रद्द भइरहेका बेला बेल्जियमको प्रो लिग फुटबलको यो सिजन पनि रद्द हुने भएको छ।
ब्रग क्लबलाई लिग च्याम्पियन घोषणा गर्दै लिगका यो सिजनका बाँकी खेल रद्द गर्ने तयारी गरिएको हो।
लिगको बोर्ड अफ डिरेक्टर्सले लिग अन्त्य गर्ने निर्णय गरेर महासभाका लागि सिफारिस गरेका हुन्। यसको घोषणा यही अप्रिल १५ मा हुनेछ।
यो लिग यो सिजन अन्त्य भएको घोषणा गर्ने युरोपको पहिलो लिग बन्ने भएको छ।
लिगको नियमितअन्तर्गत एक तथा शीर्ष स्थानका लागि प्लेअफ खेल बाँकी थिए।
3
Shares
प्रतिक्रिया