नेपाल ट्रायथलन संघ र जापान ट्रायथलन युनियनबीच साझेदारी गर्ने सम्झौता भएको छ।
नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जापान ट्रायथलन युनियनका अध्यक्ष मित्सुहिडे इवाकीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे।
सो सम्झौतापत्रमा दुई देशका खेलाडीबीचको प्रशिक्षण र संस्कृति आदानप्रदान, संयुक्त रुपमा प्रतियोगिता गर्ने, ट्रायथलनको विश्वव्यापी इभेन्टमा समर्थन गर्ने, प्रशिक्षक र विज्ञहरुको विज्ञता एकअर्कामा बाँड्ने, युवा विकासका कार्यक्रम लगायत रहेका छन्।
जापान ट्रायथलन युनियनका अध्यक्ष इवाकले बिहीबार युवा तथा खेलकुद मन्त्री तेजलाल चौधरीसँग पनि भेटघाट गरेका थिए।
57
Shares

प्रतिक्रिया