खेल


आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार ६:५७, काठमाडौँ

आर्सनललाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ ले पराजित गर्दै पीएसजी उपाधि नजिक पुगेको हो। 

आर्सनलविरुद्ध पएिसजीले समग्रमा ३–१ को नतिजा निकालेको हो। पिएसजीले अब उपाधिका लागि इन्टर मिलानविरुद्ध म्युनिखमा  खेल्नेछ। 

पहिलो हाफको २७ औँ मिनेटमा फेबियन रुइजको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियोे। 

खेलको ७२ औँ मिनेटमा आच्रर हाकिमीको गोलमा आगर्सनलविरुद्ध पीएसजीले अग्रता दोब्बर पार्यो। 

खेलमा २–० ले पछि परेको आर्सनलका लागि बुकायो साकाले गरेको गोल सान्त्वना बन्न पुग्यो। 

खेलको ७६ औँ मिनेटमा साकाको गोलमा आर्सनल २–१ को अवस्थामा आएको थियो। तर त्यसपछि थप गोल गर्न नसक्दा आर्सनल उपाधि हाृडबाट बाहिरिएको हो। 

पहिलो लेगमा नै पछि परेको आर्सनलले फाइनल पुग्न थप दुई गोलको आवश्यक्ता थियो। तर पीएसजीलाई हराउँन नसक्दा आर्सनल अन्तिम चारबाट नै बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad