नर्वेजियम टोली बोडो ग्लिम्टलाई हराउँदै टोटनह्यामले यूईएफए युरोपा लिगको फाइनल नजिक पुथेको छ।
बुधबार राति भएको सेमिफाइलको पहिलो लेगमा बोडो ग्लिम्टलाई ३–१ गोल अन्तरले हराउँदै टोटनह्यामले फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो।
गएराति नै भएको खेलमा एथलेटिक बिल्बाओ क्लबलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले यूईएफए युरोपा लिगको फाइनल खेल्ने सम्भावना बलियो बनाएको थियो।
घरेलु मैदानमा खराब प्रर्दशन गरिरहेको टोटनह्यामका लागि गएरातिको प्रर्दशन उत्कृष्ट थियो।
पहिलो लेगको नजिकासँगै टोटनह्याम सन् २००८ पछि पहिलो उपाधिबाट अब मात्र २ खेल टाढा छ।
खेलको ३८ औँ सेकेण्डमा नै रिचार्लिसनको उत्कृष्ट पासमा ब्रेनन जोनसनले हेडर गोल गर्दै सुरुवाटी अग्रता दिलाएका थिए।
जेम्स म्याडिसनको गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्यो। खेलमा डोमिनिक सोलान्केको पेनाल्टी गोलमा टोटनह्यमले ३–० को अग्रता बनायो तर खेलको ८३ औँ मिनेटमा उलिक साल्ट्नेसको गोलमा बोडोले अग्रता कम गर्यो।
खेलको दोस्रो हाफमा टोटनह्यामले गोल गर्ने अवसर सृजना गरेपनि सफल हुन सकेन। दोस्रो हाफमा म्याडिसन र सोलंके चोटका कारण विस्थापित हुँदा टोटनह्यामले गोल थप्न सकेन।
सेमिफाइनलको दोस्रो लेग आगामी बुधबार हुनेछ।
Shares

प्रतिक्रिया