रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरलाई ६ खेलको प्रतिबन्ध लागेको छ।
कोपा डेल रेको फाइनलमा बार्सिलोनासँगको हार भोग्ने क्रममा डफिेन्डर एन्टोनियोले रेफ्रिविरुद्ध आइस क्युब फ्याँकेको आरोपमा उनलाई ६ खेलको प्रतिबन्ध लगाइएको हो।
खेलको अन्तिम समयमा केलियन एम्बाप्पेविरुद्ध फाउल दिइएपछि रिसाएको उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।
रेफ्री रिकार्डो डे बर्गोस बेन्गोएटक्सियाले आफ्नो रिपोर्टमा भने, ३२ वर्षिय सेन्टर ब्याक रुडिगरलाई टेक्निकल एरियाबाट वस्तु फालेको कारण रातो कार्ड दिइएको थियो।
स्पेनी फुटबल महासंघ (आरएफइएफ) को रिपोर्ट अनुसार उनले रेफ्रिहरु विरुद्ध सामान्य हिंसाका लागि ६ खेलको निलम्बन गरिएको छ।
रेफ्रिहरु प्रति सामान्य हिसां गरे आरएफइएफ को अनुशासन संहिताको धारा १०१ अन्तर्गत रुडिगरलाई ४ देखि १२ खेलसम्मको निलम्बन हुन सक्थ्यो। रुडिगरको निलम्बनका सबै ६ खेल लिग खेलहरुमा लागु हुनेछ। यसको अर्थ आगामी सिजनको सुरुवातसम्म रुडिगरलाई यो प्रतिबन्ध लाग्नेछ।
रुडिगरलाई जारी सिजनमा ला लिगाको अन्तिम ५ खेल र आगामी सिजन २०२५–२६ को उद्घाटन खेलमा उनलाई प्रतिबन्ध लगाइनेछ।
रुडिगरले भने आफ्नो व्यवहारका लागि माफि मागेका छन्।
सोही दिन रातो कार्ड पाएका लुकास भाज्केजलाई पनि दुई खेलमा निलम्बन गरेको छ। दुवै खेल कोपा डेल रे का खेलमा लागु हुनेछ।
यस्तै महासंघले रियलका मिडफिल्डर जुडे बेलिङघमलाई देखाएको रातो कार्ड भने रद्ध गरेको छ।
शनिबार भएको कोपा डेल रेको फाइनलमा बार्सिलोनाले रियललाई ३–२ ले हराउँदै उपाधि जितेको थियो।
Shares

प्रतिक्रिया