खेल


च्याम्पियन्स लिग: दबाबमा आर्सनल, पीएसजीलाई राहत

च्याम्पियन्स लिग: दबाबमा आर्सनल, पीएसजीलाई राहत

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ५:२७, काठमाडौँ

ओस्मान डेम्बेलेको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युईएफए च्याम्पियन्स लिगको फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। 

मंगलबार राति एमिरेन्टस स्टेडियममा भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १–० को गोल अन्तरले हराउँदै पीएसजीले फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो। 

सुरुवातको चौथो मिनेटमा नै ख्विचा कारत्स्खेलियाको पासमा डेम्बेलेले गोल गर्दै आर्सनललाई पछि पारेका थिए। 

खेलको सुरुवातमा पीएसजीले लगातार आक्रमण गर्दै आर्सनललाई दबाबमा राखेको थियो। यद्यपी आर्सनलका गोलरक्षक डेभिड रायाले उत्कृष्ट प्रर्दशन गरे। 

आर्सनलविरुद्ध पीएसजीले अग्रता बनाउने सुन्दर मौका पाएपनि सफल हुन सकेन। वैकल्पिक खेलाडी ब्राडली बार्कोलाको प्रहार बाहिरिदा पिएसीले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। यस्तै गोन्कालो रामोसको प्रहार बारमा लाग्दै बाहिरिदा पीएसजीले आर्सनलविरुद्ध अग्रता बढाउन सके। 

पीएसजीले अब फाइनलमा पुग्न दोस्रो लेगमा आर्सनललाई गोलरहित बराबरीमा रोकेपपनि पर्याप्त हुनेछ। तर आर्सनलले भने दोस्रो लेगमा पिएसजीविरुद्ध २ गोलको अग्रता बनाउनु पर्नेछ। हारसँगै आर्सनल दबाबमा आएको छ। 

सेमिफाइनलको दोस्रो लेग आगामी बुधबार हुनेछ। याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज बुधबार राति बार्सिलोना र इन्टर मिलान भिड्दैछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad