खेल


एनएसएल : पोखराका आयुष सर्वोत्कृष्ट खेलाडी, ललितपुरका सन्तोष उदीयमान खेलाडी

एनएसएल : पोखराका आयुष सर्वोत्कृष्ट खेलाडी, ललितपुरका सन्तोष उदीयमान खेलाडी

तस्बिरहरुः सरोज नेपाल/नेपालखबर डटकम


नेपालखबर
बैशाख १३, २०८२ शनिबार २१:४४, काठमाडौँ

पोखरा थन्डर्सका कप्तान आयुष घलान नेपाल सुपर लिग (एनएसएल) का उत्कृष्ट खेलाडी बनेका छन्। 

सर्वोत्कृष्ट खेलाडी बनेका पोखराका आयुषले २ लाख ५० हजार रुपैयाँ पाए। पहिलो पटक पोखरालाई फाइनलमा पुर्याउन आयुषले उत्कृष्ट प्रर्दशन गरेका थिए।  

पोखराले सुरुवाती २ खेलमा हार भोग्दै एनएसएलको यात्रा सुरु गरेको थियो।

यस्तै ललितपुर सिटी एफसीका सन्तोष खत्री एनएसएलको उदियमान खेलाडी घोषित भएका छन्। उदियमान खेलाडी बनेसँगै उनले १ लाख रुपैयाँ प्राप्त गरे। 

एनएसएलको उत्कृष्ट गोलरक्षक पोखरा थन्डर्सका गोलरक्षक प्रिसो बने। उनले १ लाख ५० हजार रुपैयाँ पाए। प्रिसोले लिगमा ५ क्लीन सिट राखेका थिए। 

सर्वाधिक गोलकर्ता धनगढी एफसीका अहमद हिजाजी बने। सर्वाधिक गोलकर्ता बनेका हिजाजीले १ लाख ५० हजार रुपैयाँ पाए। 

रेडबुल इनर्जेटिक प्लेयर अफ दि सिजन मणिकुमार लामा बने। उनले १ लाख रुपैयाँ प्राप्त गरे। 

त्यस्तै फेयर प्ले अवार्ड झापा एफसीले प्राप्त गरेको छ। झापाले लिग अवधीभर १० पहेलो कार्ड प्राप्त गरेको थियो। झापा छैटौँ स्थानमा रहेर एनएसएलको यात्रा सकाएको थियो। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको फाइनलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad