खेल


लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि एपीएफलाई

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि एपीएफलाई

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार २२:२७, खजुरा (बाँके)

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई अन्तिम समयमा एक गोल गरेर स्तब्ध बनाएको हो। एपीएफका तर्फबाट खेलाडी गीता रानाले एक मात्र निर्णायक गोल गरिन्। राना प्लेयर अफ द म्याच भइन्।

एपीएफले रौतहट फुटबल सङ्घलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो। जितसँगै एपीएफले रु पाँच लाख पाँच हजार ५५५ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ।

उपविजेता पुलिसले रु दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरिन्।

खेलको समापनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायतले विजेता समूहलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।

बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा ‘अन्तराल’द्वारा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad