खेल


पेनाल्टीमा चुकेका मानेको निर्णायक गोल, सेनेगल क्वार्टरफाइनलमा

पेनाल्टीमा चुकेका मानेको निर्णायक गोल, सेनेगल क्वार्टरफाइनलमा

नेपालखबर
असार २१, २०७६ शनिबार ३:५९,

साडियो मानेले पेनाल्टीमा चुकेपनि निर्णायक गोल गरेपछी युगान्डालाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेशन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

खेलको १५औं मिनेटमा एम बोइ निङको पासमा डी बक्सको मध्यभागबाट लिभरपुलका मानेले गरेको प्रहार गोलमा परिणत भएको थियो। 

तर, ६१औं मिनेटमा पाएको पेनाल्टीमा भने उनी गोल गर्न चुके। डेनिस उनयोङ्गोले फउल गरेपछि उनले प्रहार गरेको पेनाल्टीलाई विपक्षी गोलकिपरले बचाउ गरेका थिए।

यसअघि पनि केन्याविरुद्धको खेलमा माने पेनाल्टीमा गोल गर्न असफल रहेका थिए।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad