खेल


एसिया छनोट : युवराजको घातक बलिङसामु टिकेन ओमान, नेपालले पायो ११८ रनको लक्ष्य

एसिया छनोट : युवराजको घातक बलिङसामु टिकेन ओमान, नेपालले पायो ११८ रनको लक्ष्य

तस्बिर : क्यान


नेपालखबर
बैशाख १, २०८२ सोमबार १२:२९, काठमाडौँ

आईसीसी १९ वर्षमुनिको विश्वकप एसिया छनोटअन्तर्गत अहिले भइरहेको ओमानविरुद्धको खेलमा नेपालले जितका ११८ रनको लक्ष्य पाएको छ। 

टस जितेर पहिले ब्याटिङको निम्तो दिएको नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको हो। यो खेल माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ। 

युवराज खत्रीको घातक बलिङपछि निर्धारित ५० ओभरको खेलमा ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाएको हो।

उसका लागि सिद्धार्थ सौवण्र्य शंकरले १६, रिषभ गुप्ता ९, जित व्रजेश शाह ५२, सौम्य भविन सम्पत ८, राहिल दानियल हबिबुल्ला १, प्रतिश हेमा रमेश १०, नितिश नदेन्ड्ला ४, पुलाडिथ ओमिदु मेदागोदा रालालागे ० रनको योगदा गरे। नटआउट रहेका कविश राजेशकुमार शाहले ९ रन बनाउँदा यरशेठ साई दिनेश ४ र विज्ञेश कार्तिकेयनले ० रन बनाए। 

ओमानलाई नेपालले ४ अतिरिक्त रन दिएको थियो। 

बलिङतर्फ नेपालका युवराज खत्री एक्लैले ५ विकेट लिए। युवराजले २ मेडन ओभरसहित ३१ वटा डट बल फ्याँके। उनले १५ रन मात्र दिएर ५ विकेट झारेका हुन्।

उनीबाहेक सन्तोष यादवको नाममा २ विकेट रह्यो भने दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad