अहमद हिजाजीले ह्याट्रिकमा धनगढी एफसी दोस्रो जित दर्ज गर्दै एनसेल एनएसएलको शीर्षस्थानमा उक्लन सफल भएको छ।
धनगढीले काठमाडौँ रेजर्सलाई ३–१ ले हरायो। अपराजित धनगढीले ललितपुरले जतिकै ८ अंक जोडे पनि हेड-टु-हेडको आधारमा शीर्षस्थानमा रहन सफल भएको हो।
एक गोलले पछि परेको धनगढीको कमब्याकमा हिजाजी नायक बन्दै धनगढीलाई जित दिलाए। कमजोर प्रदर्शन गरेको काठमाडौंको प्ले अफ यात्रा भने कठिन बनेको छ।
150
Shares

प्रतिक्रिया