खेल


आईपीएलबाट बाहिरिए गायकवाड, अब चेन्नईको कप्तानी धोनीले गर्ने

आईपीएलबाट बाहिरिए गायकवाड, अब चेन्नईको कप्तानी धोनीले गर्ने

नेपालखबर
चैत २८, २०८१ बिहिबार २०:३७, काठमाडौँ

चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाड चोटका कारण आईपीएलबाट बाहिरिएका छन्।

अब उनको स्थानमा चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह (एमएस) धोनीले लिने भएका छन्।

समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार गायकवाड कुहिनाको हड्डी भाँचिएका कारण प्रतियोगिताबाट बाहिरिएका हुन्।

अब चेन्नईका बाँकी खेलमा एमएस धोनीले कप्तानी सम्हाल्नेछन्।

चेन्नई सुपर किंग्सका प्रशिक्षक स्टिफन फ्लेमिङले बिहीबार यो कुराको पुष्टि गरेका हुन्।

अहिलेसम्म चेन्नईले पाँच खेलमध्ये एउटा मात्र खेल जित्न सकेको छ। दस टोलीको सूचीमा चेन्नई नवौँ स्थानमा छ।

आईपीएलको २५औँ खेल शुक्रबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad