खेल


भुर्तेलको विस्फोटक ब्याटिङमा नेपालको लगातार दोस्रो जित

भुर्तेलको विस्फोटक ब्याटिङमा नेपालको लगातार दोस्रो जित

नेपालखबर
चैत २८, २०८१ बिहिबार ११:२, काठमाडौँ

नेपालले ओपनर जोडीको अर्धशतकमा लगातार दोस्रो जित हात पारेको छ। हङकङमा जारी टी-२० सिरिजमा नेपालले बिहीबार बिहान कुवेतलाई ६ विकेटले हराएको हो। 

नेपालको जितमा फेरि पनि कुशल भुर्तेलनै नायक बने। उनको विस्फोटक ब्याटिङमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बलअघि नै मात्र ४ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालको जितमा कुशल भुर्तेलले ५० बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले। उनले ६ चौका र ६ छक्काको मद्दतमा उच्च स्कोर बनाउँदा अर्का ओपनर आसिफ शेखले पनि अर्धसतक पूरा गरे। आसिफले ३८ बलमा ५३ रन जोडे।

उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्ल ४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले मात्रै १२ बलमा ३१ रनको योगदान गरे। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे।

कुवेतका यसिन पटेलले २ विकेट लिँदा मोहमद शाफिक र मोहमद अस्लामले एक/एक विकेट लिए। 

त्यसअघि कुवेतले क्लिन्टो एन्टोको सर्वाधिक ४१ रनको मद्दतमा ८ विकेटको क्षतिमा  १८५ रनको योगफल तयार गरेको थियो। 

ओपनर रविजा सन्द्रुवानले २६ तथा मिट भावसारले ३५ र बिलाल ताहिरले ३२ रन बनाएका थिए। कप्तान मोहमद अस्लामले १७ रन जोडे। 

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए। 

यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो। 

चार देश सहभागी सिरिजमा अब नेपालले शनिबार हङकङसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad