ad ad

खेल


मृगौलाको उपचाररत त्रिवि मैदानका ग्राउन्ड्सम्यानको निधन

मृगौलाको उपचाररत त्रिवि मैदानका ग्राउन्ड्सम्यानको निधन

नेपालखबर
चैत १७, २०७६ सोमबार ५:२२,

मृगौला रोगबाट पीडित ५३ वर्षे तामाङको वीर अस्पतालबाट ललितपुरको लेलेस्थित घर लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रीमती निरमायाले जानकारी दिइन्।

डाक्टरहरुले निको हुन कठिन हुन्छ घर लैजान चाहनुहुन्छ भने लानुस भन्नुभएपछि घर लाने क्रममा राती ९ः०० बजे सुनकोठी पुग्दा मृत्यु भएको उनको पारिवारले जानकारी दिएको छ।

उनको अन्तिम संस्कार आजबाट नै सुरु हुनेछ। झन्डै डेढ देशकदेखि नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ग्राउन्ड्सम्यान तामाङका दुवै मृगौला खराबी देखिएपछि गत फागुन २८ गते देखि वीर अस्पतालमा उपचार गराइरहेका थिए।

श्रीमती तामाङका अनुसार अस्पतालले मिर्गौला खराबी सुरुवाती चरणमा रहेकोले काम गर्न सक्ने र त्यसो नभएको खण्डमा प्रत्यारोपण गर्नुपर्ने बताएको थियो।

गत फागुन २३ गते राती त्रिबि मैदानमा सुतिरहेका उनको राति १ बजे पिसाब रोकिएपछि मैदानका अन्य कर्मचारीले सानेपास्थित स्टार अस्पताल र्पुयाएका थिए।

तर, पछि पुनः समस्या दोहोरिएपछि उनीलाई वीरमा भर्ना गरिएको थियो। वीरमा पुगेपछि उनको दुवै मिर्गौला खराब रहेको थाहा भएको थियो। उनले २०६१ सालदेखि त्रिबि क्रिकेट मैदानको हेरचाह गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .