ब्राजिलियन फुटबलर रोबेर्टो कार्लोस जारी एनसेल नेपाल सुपर लिगमा आउने भएका छन्। ५१ वर्षका कार्लोसले ब्राजिल र स्पेनिस क्लब रियल मड्रिडबाट खेलेका छन्। डिफेन्डर कार्लोस २००२को विश्वकप विजेता पनि हुन्।
१९९८ मा ब्राजिल विश्वकप उपविजेता हुँदा डिफेन्डर कार्लाेस महत्त्वपूर्ण सदस्य थिए। यस्तै उनले दुई कोपा अमेरिका र एक कन्फेडेरेसन कप पनि जितेका छन्।
शनिबार दशरथ रंगशालामा आयाेजकले उनी छिट्टै नेपाल आउने जानकारी दिएको हो। कार्लोसले नेपालका फ्यानलाई छिट्टै भेटौँला भन्दै भिडिओ सन्देश पनि दिएका छन्।
717
Shares

प्रतिक्रिया