खेल


आईपीएल: वैभव अरोरा र वरुण चक्रवर्तीको घातक बलिङ, कोलकताको दोस्रो जित

आईपीएल: वैभव अरोरा र वरुण चक्रवर्तीको घातक बलिङ, कोलकताको दोस्रो जित

नेपालखबर
चैत २२, २०८१ शुक्रबार ५:५९, काठमाडौँ

वैभव अरोरा र वरुण चक्रवर्तीको घातक बलिङमा कोलकता नाइड राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित दर्ता गरेको छ। 

बिहिबार राति भएको खेलमा कोलकताले सनराइजर्स हैदरावादलाई ८० रनको फराकिलो अन्तरले हराउँदै चौथो खेलमा दोस्रो जित दर्ता गरेको हो। 

लिगमा २ खेलमा जित र समान दुई खेलमा हार भोगेको कोलकता ३ अंकमा तालिकाको पाचौँ स्थानमा छ। 

सनराइजर्सले भने लिगका चार मध्ये तीन खेलमा हार र १ खेलमा जित निकाल्दै २ अंकमा अंक तालिकाको पुछारमा रहेको छ। 

कोलकताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको सनराइजर्स १६.४ ओभरमा १ सय २० रन बनाउँदा अलआउट भयो। 

सनराइजर्सलाई कम स्कोरमा रोक्न वैभव र वरुले समान ३ विकेट लिए। वैभवले आफ्नो स्पेलमा १ मेडन राख्द्यै २९ रन खर्चे। 

आन्द्रे रसेलले २ विकेट झारे। सुनिल नारिने र हर्षित रानाको नाममा समान एक विकेट रह्यो। 

त्यसअघि कोलकताको एडेन गार्डेनमा सनराइजर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय रनको योगफल तयार पारेको थियो। 

कोलकताका लागि वैकटेसले सर्वाधिक ६० रनको योगदान दिए। अङक्रिस रघुवंशीले अर्धशतक पूरा गरे। कप्तान अजिन्के रघुवंशीले ३८ र रिन्कु सिंहले ३२ रन थपे। 

आईपीएलमा शुक्रबार राति लखनउ सुपर जायन्ट र मुम्बइ इन्डियन्स भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad