इन्जो फर्नान्डोजको निर्णायक गोलमा टोटनहमलाई हराउँदै चेल्सीले इङलिस प्रिमियर लिगको शीर्ष चारमा स्थान बनाएको छ।
प्रिमियर लिगको शीर्ष चारमा स्थान बनाएसँगै चेल्सीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आशा जगाएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ५० औँ मिनेटमा फर्नान्डोजले गोल गरेपछि चेल्सी हारबाट जोगिएको हो।
जितसँगै ३० खेलबाट ५२ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ। समान खेलबाट ५१ अंक बनाएको म्यानचेस्टर सिटी पाचौँ स्थानमा छ।
चेल्सीसँगको हारले टोटनहम समान ३० खेलबाट ३४ अंक बनाएर १४ औँ स्थानमा रहेको छ। खराब प्रर्दशनका कारण टोटनहम सन् २००८ पछि पहिलोपटक शीर्ष १० बाट बाहिर जाने खतरामा छ।
138
Shares

प्रतिक्रिया