नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले काठमाडौँ रेजर्ससँग बराबरी खेलेको छ।
शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितपुर र काठमाडौँबीचको खेल २–२ गोलको बराबरीमा टुंगिएको हो।
ललितपुले पहिलो हाफमा दुई गोल गरेर अग्रता लिएपछि काठमाडौँले दोस्रो हाफको अन्तिम २० मिनेटमा दुई गोल फर्कायो।
ललितपुरको लागि आदित्य शाक्यले एक गोल गरे भने काठमाडौँका कमल श्रेष्ठले आत्माघाती गोल गरे।
यता, काठमाडौँको लागि विदेशी खेलाडी अमाडोउ डिओप र भिन्सेन्ट कोजिएलोले समान एक गोल गरेका थिए।










273
Shares

प्रतिक्रिया