खेल


पूजा महतोले व्यक्तिगत दोस्रो सफलता पाउँदा युगान्डाले गुमायो ६ विकेट

पूजा महतोले व्यक्तिगत दोस्रो सफलता पाउँदा युगान्डाले गुमायो ६ विकेट

नेपालखबर
फागुन २५, २०८१ आइतबार १४:६, काठमाडौँ

युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपालले छैटौँ सफलता प्राप्त गरेको छ। 
पूजा महतोले व्यक्तिगत दुई विकेट लिँदै नेपाललाई सफलता दिलाएकी हुन्।  उनले १७.२ मा नेपाललाई छैटौँ विकेट दिलाएकी हुन्। 

यसअघि १६.४ ओभरमा इन्दु बर्माको बलमा लङ सर्ट खेलेकी युगान्डाकी खेलाडी रन आउट हुन पुगेकी थिइन्। 

त्यस्तै १४.५ ओभरमा रिया शर्माको बलमा सर्ट खेल्नेक्रममा पनि युगान्डाकी ब्याटर रन आउट हुन पुगेकी थिइन्। 

यसअघि नेपालका लागि ८.३ ओभरमा र १०.३ ओभरमा कप्तान इन्दु बर्माले विकेट लिएकी थिइन्। त्यसअघि पूजा महतोले पहिलो ओभरको पहिलो बलमै विकेट लिएकी थिइन्। 

युगान्डामा जारी चारदेशीय महिला टी-२० कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलको रुपमा युगान्डासँग खेलिरहेको हो।  

खेलमा नेपालले टस  जितेर बलिङ रोजेको छ। अहिले युगान्डा १८ ओभरमा ६ विकेट गुमाउँदै ६५ रन बनाएर खेलिरहेको छ। 

यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भयो। 

इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्। 

आज युगान्डासँग खेलिरहेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad