खेल


च्याम्पियन्स लिग फुटबलमा पीएसभीविरुद्ध आर्सनलको शानदार जित

च्याम्पियन्स लिग फुटबलमा पीएसभीविरुद्ध आर्सनलको शानदार जित

नेपालखबर
फागुन २१, २०८१ बुधबार १२:४१, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले पीएसभी आइन्डओभनविरुद्ध शानदार जित दर्ता गरेको छ। 

पहिलो हाफमै ३ गोल गरेको आर्सनलले दोस्रो हाफमा ४ गोल थपेपछि पीएसभीविरुद्ध ७ – १ गोल अन्तरले विजयी भएको हो। 

योसँगै क्वार्टरफाइनलमा प्रवेशका लागि आर्सनलको सम्भावना बलियो भएको छ। आर्सनलका लागि १८औँ मिनेटमा जे टिम्बर, २१औँ मिनेटमा ई. न्वानेरी, ३१औँ मिनेटमा माइकेल मेरिनो, ४७ र ७३औँ मिनेटमा एम ओडिगार्ड, ४८औँ मिनेटमा एल ट्रसार्ड र ८५औँ मिनेटमा आर क्यालाफियोरीले गोल गरे। 

पीएसभीका लाग ि४३औँ मिनेटमा एन ल्याङले पेनाल्टीबाट गोल गरे। अब आर्सनलले अर्को हप्ता दोस्रो लेग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad