जुलियन अल्भारेजको निर्णायक गोलमा एथ्लेटिको क्लबलाई पराजित गर्दै एथ्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति एथ्लेटिको डर्बीमा १-० को साघुँरो जित निकाल्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा पुगेको हो।
जारी सिजन क्लबका लागि दसौँ गोल गरेका अल्भारेजले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै निर्णायाक बन्यो।
म्यानचेस्टर सिटीका पूर्व फरवार्ड अल्भारेजले मार्कोस लोरेन्टको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलमा थप गोल हुन नसकेपछि उनको गोल नै निर्णायक बन्यो।
जितसँगै २६ खेलबाट ५६ अंक बनाएको एथ्लेटिको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ५४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। रियल मड्रिड २६ खेलबाट ५४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
गएराति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग २–१ ले पराजित भयो। अर्को खेलमा जिरोना र सेल्टा भिगोले २–२ तथा रायो भालेकानो र सेभिल्लाले १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया