राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
कोषका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सूर्यका दाजु सन्तोषलाई ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
घिसिङसँगै कोषका सदस्य-सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आर्थिक सहयोग गर्दै विकको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
विक गत असोज १९ देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा भएको यू-१९ पुरुष भलिबल प्रतियोगिताका दौरान घाइते भएका थिए।
33
Shares

प्रतिक्रिया