स्पेनी फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबियालेस महिला खेलाडीलाई चुम्बन गरेको सम्बन्धमा दोषी ठहर भएका छन्।
अदालतले महिला विश्वकपको फाइनलमा स्पेनकी खेलाडी जेन्नी हर्मोसोलाई सहमतिविना चुम्बन गरेको ठहर गरेको हो।
यो घटनाले विश्वव्यापी चर्चा पाएको थियो। घटनाको ५ सय ५० दिनपछि स्पेनको उच्च अदालतल रुबियालेसलाई यौन दुव्र्यवहारमा दोषी ठहर गरेको हो।
अदालते उनलाई दोषी ठहर गर्दै १० हजार ८ सय युरो जरिवानासहित हर्मोसोबाट २ सय मिटर टाढा बस्नु पर्ने र एक वर्षसम्म सम्पर्क गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय अदालतले गरेको छ।
महिला विश्वकपमा इङल्यान्डलाई हराउँदै स्पेनले उपाधि उचालेको थियो। पदक वितरण समारोहमा रुबियालेसले हर्मोसोलाई चुम्बन गरेका थिए।

यो घटनाले स्पेनले जितेको विश्वकपको उपाधिलाई समेत छायामा पारेको थियो। रुबियालेसले भने चुम्बन आपसी सहमतिमा भएको दाबी गर्दै आएका थिए।
रुबियालेसले यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया