इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपमा स्पोर्टिङ क्यान्सस सिटीलाई १–० ले पराजित गर्दै नयाँ सिजनको सुखद सुरुवात गरेको छ।
कान्सास सिटीमा भएको खेलमा अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीले ५७ औँ मिनेटमा गोल गर्दै मियामीलाई महत्त्वपूर्ण जित दिलाए।
शून्य फरेनहाइटभन्दा ९ डिग्री कमको चिसोले पनि लियोनेल मेस्सीको जादुलाई रोक्न सकेन।
चिल्ड्रेन मर्सी पार्कमा बिहीबार बिहान रिपोर्टिङ क्यान्सस सिटीमाथि १–० को जित निकाल्न मेस्सीका लामो समयका सहकर्मी सर्जियो बुस्केट्सले मद्दत गरे।
आठ पटकको बालोन डीओर विजेताको करियरको सबैभन्दा चिसो मौसमको खेल थियो। जुन खेलमा मियामी सुरुदेखि नै हाबी भयो।
करिब ७० प्रतिशत बलमा कब्जा जमाए पनि पहिलो हाफमा ७ सटहरू प्रहार गर्यो, तर गोल हुन सकेन।
तर दोस्रो हाफको ५७औँ मिनेटमा ३७ वर्षीय बुस्केट्सले ३० यार्ड टाढाबाट गोलतर्फ दौडिरहेका मेस्सीलाई अवसर मिलाइदिए। जुन बललाई मेस्सीले छातीले नियन्त्रण गर्दै दोस्रो बार च्यापेर गोलमा परिणत गरे।
इन्टर मियामी प्रबन्धकको रूपमा आफ्नो पहिलो प्रतिस्पर्धात्मक खेलमा जाभियर मास्चेरानोको लागि डेब्यू प्रदर्शन सुखद रहन पुग्यो।
अब दोस्रो लेगको खेल आगामी मंगलबार फ्लोरिडाको चेस स्टेडियममा हुनेछ।
Shares

प्रतिक्रिया