खेल


‍आजदेखि च्याम्पियन्स ट्रफी, पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

‍आजदेखि च्याम्पियन्स ट्रफी, पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

नेपालखबर
फागुन ७, २०८१ बुधबार १४:२९, काठमाडौँ

आयोजक पाकिस्तान र न्युजिल्यान्ड भिड्दै आईसीसी च्याम्पियन्स ट्रफीको सुरुवात हुँदैछ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा हुने खेल पौने ३ बजे सुरु हुनेछ। 

साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा मैदान उत्रिनेछ। न्युजिल्यान्डको कप्तानी भने मिचेल सान्टनरले गर्नेछन्।  पाकिस्तान र न्युजिल्यान्ड दुवै टोली नयाँ कप्तानको नेतृत्वमा खेल्दैछन्। 

दोस्रो संस्करणको च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड ‍उपाधि जित्ने लक्ष्यसहित ‍खेल सुरुवात गर्दैछ। पाकिस्तानले अघिल्लो संस्करण भारतलाई हराउँदै उपाधि उचालेको थियो। 

च्याम्पियन्सिपका लागि भारत पाकिस्तान नजाने भएपछि केही खेल भने यूएईमा हुनेछन्। भारत च्याम्पिनयन्स ट्रफीको सेमिफाइनल र फाइनल पुगे ती खेलहरू पनि यूएईमा नै हुनेछन्। 

दुई वर्षअघि भारतमा भएको विश्वकपका शीर्ष आठ टोली खेलमा सहभागी हुनेछन्। आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad