विश्वव्यापी महामारीको कोरोना भाइरस (कोभिड–१९)को उपचार र रोकथामका लागि आवश्यक पर्ने क्वारेन्टिन निर्माण गर्न आफ्ना मातहतका भौतिक पूर्वाधार संरचनाहरु प्रयोग गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आग्रह गरेको छ।
राखेपले आज एक सूचना निकाल्दै सरकारले गरेको निर्णयअनुसार क्वारेन्टिन बनाउन राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत उपत्यकामा रहेको दशरथ रंगशाला, सातदोबाटो खेलकुद परिसर, मूलपानी, कीर्तिपुर, च्यासल, सानो गौचरणलगायतका सातै प्रदेश तथा जिल्लाअन्तर्गतका पूर्वाधार प्रयोग गर्न आग्रह गरेको हो।
कोरोना सक्रमणको रोकथामका लागि जागरुक गराउन खेलकुद क्षेत्रमा आबद्ध सबैलाई आग्रह पनि गरेको छ। सरकारले गरेको अपिलको व्यावहारिक रुपमा पालना गर्न राखेपका विभागीय प्रमुख तथा प्रवक्ता कुल बहादुर थापाले जानकारी दिए।
प्रतिक्रिया