खेल


आहा रारा गोल्डकप: आज दुई विदेशी टिम सेमिफाइनल प्रवेशका लागि भिड्दै

आहा रारा गोल्डकप: आज दुई विदेशी टिम सेमिफाइनल प्रवेशका लागि भिड्दै

नेपालखबर
माघ २९, २०८१ मंगलबार ८:४५, काठमाडौँ

आहा रारा पोखरा गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा आज सिक्कीमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन्। 

पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा हुनेछ। 

यसअघि नेपाल पूलिस क्लब, थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। 

उज्वेकिस्तानको टोलीले पहिलो खेल खेल्न लागेको हो। सिक्कीमको टोलीले भने प्रि–क्वार्टरफाइनलमा संकटा क्लबलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो। 

यो खेलको विजेताले सेमिफाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ। थ्रीस्टारले टाइब्रेकरमा मछिन्द्र एफसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। 

३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad