आहा-रारा गोल्डकपको दुई पटकको विजेता संकटा क्लबलाई हराउँदै भारत सिक्कीमको थन्डरबोल्ट नर्थ युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा शुक्रबार भएको अन्तिम प्रि-क्वार्टरफाइनलमा संकटा क्लबलाई ३–१ गोल अन्तरले हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड अन्तिम आठमा पुगेको हो।
संकटाले २०७७ र २०७९ सालमा आहा राराको उपाधि उचालेको थियो। पहिलो हाफको १६ औँ मिनेटमा मनिष पौडेलको गोलमा संकटा क्लबले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन।
खेलको ३४ औँ मिनेटमा फ्याङ्क्लीन कुइटे टालाको पेनाल्टी गोलमा युनाइटेड खेलमा फर्किएको थियो। खेलको ७७ औ मिनेटमा करण राईको गोलमा युनाईटेडले २-१ ले अग्रता लिएको थियो। ८९ औ मिनेटमा आदर्श तामाङको गोलमा युनाइटेडले ३-१ को जित दर्ता गर्यो।
युनाइटेडले अब क्वार्टरफाइनलमा माघ २९ गते उज्वेकिस्तानको ब्याक बुल्स एफसीविरुद्व खेल्नेछ। प्रतियोगितामा भोलि शनिबार पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन्।
पुलिस क्लबले पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई १-० गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको थियो।
Shares

प्रतिक्रिया