खेल


आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा

आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा

नेपालखबर
माघ २४, २०८१ बिहिबार ६:३८, काठमाडौँ

आर्सनललाई पराजित गर्दै न्युक्यासल युनाइटेड काराबाओ कपको फाइनलमा पुगेको छ। 

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–० ले हराउँदै न्यु क्यासल उपाधि नजिक पुगेको हो। न्युक्यासले आर्सनलमाथि समग्रमा ४–० को जित दर्ता गर्यो। न्युक्यासले पहिलो लेगमा पनि २–० को नै जित निकालेको थियो। 

उपाधि नजिक पुगेसँगै न्युक्यासल ५६ वर्षपछि मुख्य उपाधिका लागि लागि अब एक कदम मात्र टाढा छ। सन् १९६९ को इन्टर सिरिज फेयरपछि न्युक्यासले ठूलो उपलब्धी हात पार्न सकेको छैन। 

न्युक्यासलले अब उपाधिका लागि वेम्बलीमा लिभरपुल र टोटनहम मध्य एक टोलीसाग भिड्नेछ। पहिलो हाफको १९ औँ मिनेटमा जाकोब मार्फीको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको न्युक्यासलले दोस्रो हाफमा थप १ गोल गर्यो। खेलको ५२ औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमा न्युक्यासलले अग्रता दोब्बर पार्‍याे। 

फाइलनमा पुगेसँगै न्युक्यासल नयाँ इतिहार रच्न आतुर देखिएको छ। 

प्रतियोगिताको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज लिभरपुल र टोटनहम भिड्दैछन्। सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध टोटनहम १–० ले अघि छ। दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै लिभरपुल फाइनलमा पुग्न चाहन्छ। टोटनहम भने सोही लयलाई निरन्तरता दिने योजनामा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad