खेल


दोस्रो विश्वविद्यालय खेलकुद बुधबारदेखि

दोस्रो विश्वविद्यालय खेलकुद बुधबारदेखि

नेपालखबर
माघ २२, २०८१ मंगलबार २०:८, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी विश्व विद्यालयको सहआयोजनामा हुने दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ।

परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो।

विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थी भित्र रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने तथा खेलाडीहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न थालेको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक डा. मधुसुदन सुवेदीले बताए।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ खेलमा स्पर्धा हुने छ। ९ विश्वविद्यालयको सहभागिता रहने प्रतियोगितामा जम्मा १९ स्वर्णका लागि भिडन्त हुनेछ। एथलेटिक्सको पुरुष/महिलामा समान ५–५ गरी १० स्पर्धामा खेल हुनेछ।

ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष÷महिला सिंगल्स र डबल्समा खेल हुनेछ। भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ।

प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट जम्मा २ सय ३४ खेलाडी सहभागी हुन् छन्।

सहभागी हुने विश्वविद्यालयमा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमान्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय रहेका छन्। दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad